पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।

उनीहरुमध्ये बिहीबार थप ७८ सहित २ लाख ७० हजार ६८३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ७९५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस