सामुदायिक प्रहरी सँगको साझेदारीमा कञ्चनपुर प्रहरीले सचेतनामूलक अभियान सुरु गरेको छ। लागु औषध, महिला हिंसा, बलात्कारका घटना बढ्दै गएको भन्दै कञ्चनपुर प्रहरीले सचेतना मूलक अभियानको सुरुवात गरेको हो।
बिहीबार दिउँसो वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले भासी प्रहरी बिटमा होर्डिङ बोर्ड राख्दै अभियानको सुरुवात गरे। समुदाय प्रहरी साझेदारी अन्तर्गत लागु औषध न्यूनीकरणमा अभिभावकले अपनाउनु पर्ने उपायसहित उल्लेख गरिएको होर्डिङ बोर्डले समस्यामा परेका र न्यूनीकरणमा सहयोग पु¥याउने प्रहरी निरीक्षक माझीले बताए।
महेन्द्रनगरको भासी बिट, जनज्वती चोक, चम्मन चोक सहितका क्षेत्रमा बिहीबार लागु औषध, महिला हिंसा र साइबर अपराध न्यूनीकरणका उपायसहितका होर्डिङ बोर्ड राखिएको उनले बताए। होर्डिङ बोर्ड अन्य स्थानमा पनि राखिने जनाइएको छ।
त्यस्तै प्रहरीले सचेतना अभियान अन्तर्गत जिल्ला स्थित विद्यालयमा गई विद्यार्थिहरुलाई अनुशिक्षण समेत सुरु गरेको छ। प्रहरी निरीक्षक माझीले १८ बढी विद्यालयमा गई विद्यार्थीहरुलाइ अनुशिक्षण गरिएको जानकारी दिए। विभिन्न कुलत, महिला हिंसा र कुमार्गबाट बच्न विद्यार्थीहरूलाई अनुशिक्षण गरिएको प्रहरी निरीक्षक माझीले जानकारी दिए।
प्रतिक्रिया दिनुस