कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्। जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा नक्कली मुद्धा र लागुऔषधका कारोबारी रहेका एकजना भारतीय नागरीकको घटना स्थलमै मृत्यु भएको हो। बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको हो। मृतकको परिचय खुलेको छैन। मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुस