कञ्चनपुरमा पालिका स्तरीय दोस्रो कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिता सुरु भएको छ। कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिताको उद्धघाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका हुन्।

खेलमा भीमदत्त नगरपालिकाले बेलौरी नगरपालिका लाई १ सय २७ रनले हराउदै आफ्नो पहिलो खेलमा विजय सुरुवात गरेको छ। उद्धघाटन खेलमा टच जित्दै भीमदत्त नगरपालिका पहिलो ब्याटिङ रोजदै निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा २ सय २५ रनको योगफल तयार पारेको थियो। जसमा भीमदत्त नगरपालिका टिमको लागि मनोज खड्काले नटआउट रहदै ३ चौका २ छक्कको प्रहार गर्दै २२ बलमा ४१ रन,सुशील खड्काले ३० बलमा ७ चौका हान्दै ३५ रन,हेमन्त कार्कीले ७ चौका संगै १९ बलमा ३४ रन बनाएका थिए भने मिलन बोहराले १३ बलमा ५ चौका १ छक्का गरि ३१ रन जोड्दै नट आउट रहेका थिए।

No description available.

बेलौरीको तर्फबाट अभिषेक उपाध्यायले ४ ओभरमा ३३ रन दिदै ३ विकेट ,मनोज भट्टले चार ओभर र सुशील पन्तले ३ ओभर फाल्दै समान एक –एक विकेट हात पारेका हुन। यसरी २ सय २६ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेलौरी नगरपालिका २० ओभरमा ८ विकेटको क्षतिमा ९८ रनमा सिमित हुन पुग्यो। बेलौरी टिमका लागि ब्याट्सम्यान अभिषेक उपाध्यायले २० बलमा एक चौकाको मदतले १५ रन,सुशील पन्तले २७ बोल खेल्दै १२ रन जोड्न पुगेका थिए भने अरु ब्याट्सम्यानले भने टिक्न सकेनन् । भीमदत्तको तर्फबाट टिम क्याप्टेन सन्तोष भट्टले ४ ओभरमा ९ रन दिदै ३ विकेट ,युद्ध बिक्रम चन्दले ४ ओभरमा फाल्दै २० रन दिदै २ विकेट र बिकाश आग्री , हेमन्त धामी,प्रकाश बिष्टले ४–४ ओभर फाल्दै समान एक–एक विकेट लिएका थिए।

उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिम क्याप्टेन सन्तोष भट्ट घोषित भए। यो संगै भीमदत्त नगरपालिकाले आफ्नो पहिलो खेल १ सय २७ रनको फराकिलो अन्तरले बेलौरी लाई हराउदै आफुले बिजय सुरुवात गरेको कञ्चनपुर क्रीकेट स्कोरर नरेन्द्र राज भट्टले जानकारी दिएका छन् । उनका अनुसार आज शुक्रबार दुई खेल हुने र दोस्रो दिनको पहिलो खेल बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका बिच बिहान ९ः३० बजे हुने छ भने दोस्रो दिनको दोस्रो खेल भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।

No description available.

प्रतियोगितामा कञ्चनपुर जिल्लाका ९ वटा पालिका मध्य ७ वटा स्थानीय तहका टिमको सहभागिता रहेको छ। प्रतियोगिता फागुन २० देखि २६ गते सम्म लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि संचालन हुन लागेको आयोजकले बताएको छ। खेलमा ७ वटा स्थानीयतहका टिमको सहभागिता रहेको छ। प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् । जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ।

प्रतिक्रिया दिनुस