कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा मृत्यु भएका भारतीय नागरीकको पहिचान खुलेको छ । बिहीबार बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सिंहसहितका केही भारतीयले नेपालतर्फ सामान तस्करी गरिरहेको अवस्थामा गोली चलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

उनका अनुसार गस्तीमा खटिएका प्रहरीमाथि तस्करले गोली चलाएपछि फायर खोल्नुपरेको हो । उक्त घटना बिहीबार साँझ करिब साढे ६ बजेतिर भएको थियो।

प्रतिक्रिया दिनुस