दार्चुलामा जीप दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको शैल्यसिखर नगरपालिका –८ अम्तोलीबाट रिठाचौपाता जादैँ गरेको ग ३ च १६९३ नम्बरको जीप आज साँझ सवा ५बजे दुर्घटना हुदाँ ३जनाको मृत्यू हुनुका साथै ४जना घाइते भएका हुन्। मृत्यू हुनेमा लेकम ५का ३८ बर्षिय जीप चालक करन नाथ, शैल्यसिखर ८का ७०बर्षीय सुनादेबि पन्त र सोहि ठाउँका ४० बर्षिय पदम पन्त रहेको प्रहरीले जनाएको छ।
जीपमा सवार अरु ४जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक भाष्कर चन्दले बताए। घाइते हुनेहरुमा शैल्यसिखर ८का ७२बर्षिय बुद्धि पन्त सोही ठाउँका १२बर्षिय मुकेश पन्त, ७बर्षिय बसन्त पन्त र ७० बर्षिय गंगादेवि पन्त रहेकाछन् । घाइतेको उद्धार गरि गोकुलेस्वर अस्पताल पठाइएको छ। दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको स्थानीयबासिले बताएका छन् । जीप सडकबाट १सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।