फाइल।

कञ्चनपुरमा शनिबार भएको प्रहरी जवानको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा सञ्चालन भएको प्रहरी जवानको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रवेश पत्रमासमेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत कृर्ते गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिने २२ जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका– ३ का १८ वर्षीय अविनास चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का १८ वर्षीय गोकुल धामी, बझाङको मष्टा गाउँपालिका– ४ का अजय कठायत, तल्कोट गाउँलिका– ३ का लोकराज जोशी, दार्चुलाको मार्मा गाउँपालिका–६ का दिनेश महरा रहेका छन् । यस्तै कैलारी गाउँपालिका–६ का लेखराज चौधरी, धनगढी उप–महानगरपालिका–४ का विपिन चौधरी, ५ का लक्ष्मण चन्द, तल्कोट गाउँपालिका– १ का दिनेश खाती, मष्टा गाउँपालिका–३ का बलराम कठायत, मष्टा–४ का कमल कठायत, कैलारी–३ का विषाल चौधरी, टीकापुर नगरपालिकका– ४ का सागर बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धनगढी–५ का सागरबहादुर देउवा, तल्कोट–३ का नविन जोशी, थलारा–३ का शिवराज नेपाली, दुर्गाथली–५ का कृष्ण कठायत, तल्कोट–३ का नविन जोशी, विक्रम बोहरा, मष्टा–४ का प्रविन कठायत, बुगल–७ का बिमल बोहरा र २२ जीवन बोहरा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुस