धनगढीमा युवाहरूले फर्निचर उद्योग  सुरु गर्न नपाउँदै  खरानी भएको घटना प्रति नेकपा (क्रान्तिकारी) माओवादीले दुःख व्यक्त गरेको छ। शनिवार आलोक मल्टी कन्सर्नमा एकाएक आगलागी भई जलेर नष्ट भएपछि युवा व्यावसायिक मनोबल गिर्न नदिन नेकपा (क्रान्तिकारी) माओवादीले सरकार सँग उचित राहतको व्यवस्था गरिन माग गरेको हो।
नेकपा (क्रान्तिकारी) माओवादीका सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले फेसबुकमा स्ट्याटस राख्दै उक्त घटना प्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्–‘यस दुःखलाई शक्तिमा बदल्न व्यवसायी मित्रहरू मा अनुरोध गर्दछु।’
उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा शनिवार दिउँसो करिब १२ बजे अचानक भएको आगलागीले ध्वस्त बनेको थियो। भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको सो उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो।
प्रतिक्रिया दिनुस