कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका हुन्। आइतबार आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ। उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ।

आँगनमा खेल्दै गरेका बालकलाई बचाउन खोज्दा आफूलाई बँदेलले एक्कासी आक्रमण गरेको बोहोराले बताए। बँदेल गाउँ नजिकै रहेको सामुदायिक वनबाट आँगनमा आइपुगेको स्थानीयहरू बताउँछन्। बँदेलले गहुँ बालीमा नोक्सानी समेत पु¥याउन थालेको छ।

प्रतिक्रिया दिनुस