कञ्चनपुर स्थित बैजनाथ माध्यामीक विद्यालयको ४५ औँ वार्षिको उत्सव सम्पन्न भएको छ। भीमदत्तनगरपालिका –३ स्थित नौलाखेतमा सोमबार ४५ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक कार्यक्रमको आयोजना सहित वार्षीको उत्सव सम्पन्न गरेको हो।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र विष्टले विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दे ४५ औँ वार्षीको उत्सव सफलताका साथ मनाइएको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले विद्यालयमा भौतिक संग्रचनाको अभाव रहेको बताए।
No description available.
उनले भौतिक संरचना थप्न सरकार सँग माग समेत गरे। उनले विंस.२०२५ साउन देखी विद्यालयमा पठन पाठन सुचारु भएको जानकारी दिए। २०५३ जेठ देखी माध्यामीक कक्षा सुचारु भएको थियो। वार्षिकोत्सवको अवसरमा १२ जनालाई छात्रछात्रा पनि प्रदान गरिएको छ। समारोहका प्रमुख अतिथि माननीय प्रकाश बहादुर रावलले विद्यालयको थप स्तरोउन्नतीका लागी पहल गरिने प्रतिबद्धता जनाए।
No description available.
प्रतिक्रिया दिनुस