सुदूर पश्चिम प्रदेशका पूर्व अर्थ मन्त्री झपट बोहराले प्रदेशमा महिला अधिकार स्थापित गर्न आवश्यक रहेको बताएका छन् । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री बोहराले महिला अधिकार स्थापित नहुँदा सम्म समाजको विकास हुन नसक्ने बताए ।

प्रदेश सरकारले महिला स्वरोजगारका लागि थुप्रै कार्यक्रम हरू समेटेको बताए । न्यूनतम ब्याजदरमा रिन उपलब्ध गराउने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।अखिल नेपाल महिला संघ कैलालीको आयोजनामा अहिले धनगढीमा कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया दिनुस