विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकमार्फत सहकार्यको पहल थालेको हो । बैठकमा देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालिएको छ।

बैठकमा सहभागी विभिन्न १५ वटा राजनीतिक दलका नेतृत्वले देशको विद्यमान राजनीतिक परिस्थिति, चुनौती र त्यसको सामना गर्नका लागि एक ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता माथि विस्तृत छलफल गरेका छन् । बैठकमा विवेकशील साझा पार्टी, नेपाली काँग्रेस (बिपी), समाजवादी काँग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यू पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता थियो ।

प्रतिक्रिया दिनुस