पुष्पा गिरी, नवलपरासी २५ फागुन–नेकपा (क्रान्तिकारी माओवादी) र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार श्रध्दान्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य पार्वती पान्डेयको स्मृतिमा पान्डेय निवास बर्दघाट ४ दिब्यनगरमा सयुक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदिले पार्वतिले आमूल परिवर्तन र श्रमको सम्मानमा भुमिका खेलेको बताए। त्यस्तै अर्का पोलिट्ब्युरो सदस्य अशोक लम्सालले जनयुद्धमा पान्डेय परिवारले खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भबिश्वर तिवारी आजाद , रास्टिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा रक्तिम सास्कृतिक परिवारका अध्यक्ष रेम राना क्रान्तिकारी पत्रकार महासङ्घका उपाध्यक्ष टेक मास्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर आचार्य , क्रान्तिकारी पत्रकार महासङघका महासचिव राम कुमार श्रेष्ठ एवं विभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेत सहभागी भएको क्रान्तिकारी पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्जय तिवारीले जानकारी दिए।
स्व. पान्डेयको परिवार माओवादी आन्दोलनमा सहभागी परिवार हो । स्व. पान्डेय २०५६ साल देखि पार्टी सदस्य रहि इलाका कमिटीमा आबद्द रहेको र उहाँ अनेमसघ क्रान्तिकारीको बिभिन्न कमिटीमा सङ्गठित भइ जनयुद्धलाई सरिक भएको क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेले बताए।
कार्यक्रम क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्र बहादुर थापाको सन्चालनमा भएको थियो । कार्यक्रममा स्व.पान्डेयको परिवारको तर्फ बाट जेस्ठ छोरा रवि पान्डेयले मन्तब्य राख्नुभएको थियो । स्व .पान्डेय कि जेठी बुहारी लक्षमी क्रान्तिकारी पत्रकार महासङघको जिल्ला कोषाध्यक्ष र कान्छा छोरा रमेश अखिल क्रान्तिकारीको जिल्ला सयोजक हुनुहुन्छ ।
स्व.पान्डेयका २ छोरा २ बुहारी ४ छोरी १२ नाति नातिना छन् ।निडर स्वभाब कि पार्वती सामाजिक कार्यमा समेत सहभागी हुनुहुन्थ्यो । उहाँ चिसापानी सामुदायिक बन उपभोक्ता समुहको सस्थापक सदस्य समेत हुनुहुन्थ्यो । ६३ बर्सिय पान्डेयको यहि फागुन १९ गते रक्तचाप तथा निमोनियाको कारण उपचारको क्रममा निधन भएको थियो । उहाँ एक सफल बाख्रापालक किसानको रुपमा समेत परिचित हुनुहुन्थ्यो । त्यस्तै नेपाल पत्रकार महासघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पान्डेयकि आमा स्व. पार्वती पान्डेयको स्मृतिमा नेपाल पत्रकार महासङघ पश्चिम नवलपरासी शाखाले मङलबार श्रद्दान्जली कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले पनि शोक सभा गरेको थियो । मगलबार पान्डेयको स्मृतिमा ३ वटा कार्यक्रम गरिएको थियो ।यस अघि आइतबार त्रिबेनि टेलिभिजनले शोकसभा गरेको थियो ।