नेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराका छोराको अल्पायुमै भएको निधन प्रति (क्रान्तिकारी माओवादी)का प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गरेका छन्। मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा ५ महिने आदिको निमोनिया, झाडापखालाका कारण निधन भएको थियो।

दुःखद निधनप्रति (क्रान्तिकारी माओवादी) प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गर्दे शोकाकुल परिवारमा धर्यधारणा गर्ने क्षमता प्राप्तिको कामना र विश्वास गर्दे गहिरो समवेदना प्रकट गरेका छन्।

कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका–१ बनसाहा निवासी नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सेक्रेटरी रामबहादुर महराका दोस्रो सन्तानका रूपमा आदिको पाँच महिना अगाडी जन्म भएको थियो।

जन्मजातरुपमा केही अस्वस्थ रहेका छोराको उपचारका लागी केही दिन अघि काठमाडौँ लगेका महराले छोराको झाडापखालाका कारण शल्यक्रिया गर्न नसकिने बताइएपछि घर ल्याएका थिए। उनको धनगढी स्थित निसर्ग हस्पिटलमा सामान्य उपचारका क्रममा निधन भएको जनाइएको छ।

यस्तो छ शोक वक्तव्य

 

 

 

प्रतिक्रिया दिनुस