कञ्चनपुरको बेदकोट नगरपालिका –५ धरमपुरका स्थानीय यज्ञराज पन्तले लोभलाग्दो टमाटर खेती गरेका छन्। २२ वर्षको उमेरमा भारत मजदुरी गर्न गएका यज्ञराजले ५ वर्ष सम्म भारतको दिल्लीमा मदजुदरी गर्दा सोचेजस्तो काम र दाम नपाएपछि स्वदेश फर्किनु प¥यो।  स्वदेश फर्किएपछि उनले पुर्खाहरूले गरेको खेती भन्दा व्यवशायीक तरीकाले खेती गर्ने सोच बनाए। उनले आफ्नै खेतमा तरकारी खेती सुरु गर्न थाले। भारतमा नजाने सोच बनाउँदै उनी स्वेशमै जीविकोपार्जन गर्न तरकारी खेती सुरु गरिएको बताउँछन्।
No description available.
भारतमा अपरिचित व्यक्ति र स्थानमा काम गर्दा जटिलता महसुस गरेका उनी ९ वर्ष पहिले स्वदेशमै फर्किएको बताउँछन्। भारतमै छदा को समय पारिवारिक जिम्मेवारी सम्हालेका उनले स्वदेशमै केही गरी जीविकोपार्जन गर्ने सोच बनाएर तरकारी खेतीतर्फ लागेको बताए।
८ वर्ष पहिले उनले परिवारको सहयोगमा टमाटर खेती सुरु गरेको बताए।  पानीको समस्याले दुई वर्ष टमाटर खेतीबाट घाटा सहनुपरेको उनी बताउँछन्। कृर्षीज्ञान केन्द्रले अनुदानमा सिचाई सुविधाका लागी बोरिङको व्यवस्था गरिदिएपछि टमाटर सँगै अन्य तरकारी खेती पनि सुरु गरेको उनले बताए। उनले भने,–‘टमाटर, गोबी, खिरा, फर्सी, लौकी, करेला खेती पनि गरिरहेको छु।’
उनले भने,–‘शैक्षिक उपलब्धि पनि हासिल गर्न पाइएन, रोजगारीका लागी कुनै माध्यम नै छैन, परिवारको सहयोगमा तरकारी खेती गर्ने मनसाय बनाएपछि यसैबाट दैनिक गुजारा चलिरहेको छ।’ टमाटर खेती सँगै काउली, गोबी, खिरा, फर्सी, लौकी, करेला,भीन्टी उत्पादन गर्दे आएका उनी स्थानीय बजार दैजि, सिसैया हुँदै महेन्द्रनगर सम्म तरकारी पठाउने गरेको बताउँछन्। उनले तरकारी खेती सँगै यो वर्ष बाट ८ कट्ठामा केराखेतीपनि सुरु गरिएको बताए।
तर उत्पादित तरकारीले बजार मूल्य नपाउँदा अपेक्षा अनुरूप आम्दानी हुन नसकेको उनले दुखेसो पोखे।  उनले भने,–‘सिमानाका भएर ट्रकका हिसाबले तरकारी महेन्द्रनगर भित्रिरहेको हुन्छ, हामीले उत्पादन गरेका तरकारीले उचित मूल्य नै पाउँदैन।’
तरकारी खेतीबाट उनले सिजन अनुसार दैनिक ज्यालादारीमा २–३ जनालाई रोजगारी समेत दिइरहेको बताए। सुपथ मूल्यमा तरकारीका बिउ बिजन र मल खाद उपलब्ध नहुँदा व्यवशायीक तरकारी खेती गरिरहेका किसान समस्यामा परेका उनले बताए।
No description available.
नगरपालिकाले किसानहरूलाई सुपक्ष मूल्यमा तरकारीका बिउ बिजन र मल खाद उपलब्ध गराए सहज हुने उनले बताए। उनले तरकारीका लागी घरमै उत्पादन गरेको जैविक मल समेत प्रयोग गर्दे आएको बताए।  घरवरीवरी भएका प्राकृतिक बोटबिरुवा र गाई भैँसीको मूत्र सङ्कलन गरी बनाइएको जैविक मलको प्रयोगबाट तरकारी खेतमा वृद्धिसँगै रोग लाग्न बाट बच्ने गरेको बताए।  तरकारी खेतीका लागी विभिन्न सङ्घसंस्थाले तालिम र औजारहरू उपलब्ध गराएपछि तरकारी खेतीमा केही सहजता भएको उनी बताउँछन्।
उनले तरकारी खेतबाट सिजन अनुसार खर्च कटाई ६० देखी ७० हजार बचत हुने गरेको बताएका छन्। जसले छोराछोरीको पढाइ खर्च र घर खर्च धानिरहेको उनले बताए।

 

 

 

 

प्रतिक्रिया दिनुस