धनगढीमा एमाले कार्यकर्ता बिच भएको झडप पछि पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ । आज (बुधवार) धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच झडप भएको थियो। पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको नेम प्लेट बाट ओली समूहले भीम रावलको हटाइ लेखराज भट्टको र अध्यक्षमा भानुभक्तको हटाएर कर्ण थापाको राखेपछि माधव समूहका कार्यकर्ताले नाराबाजी भएको थियो ।

नेम प्लेट तोडफोड गरेपछि दुवै समूहबीच झडपको अवस्था सिर्जना भएको थियो। झडपका क्रममा प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको छ । उनको नाम भने खुलाइएको छैन् । पार्टी कार्यालय परिसरमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुस