बैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ। घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो।

दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याका अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइए जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रसाद अधिकारीले बताए। गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा १७बर्षिय भागरथीको बलात्कारपछि हत्या भएको थियो।

२१ माघमा बेपत्ता भएकी भट्टको भोलीपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो । सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन् । प्रहरीले डिएनए परीक्षण र अन्य प्रमाण भिडाउने कार्य पनि बाँकीरहेकै बेला दिनेशले घटना स्वकार गरीसकेको जनाएको छ।

प्रतिक्रिया दिनुस