हाम्रो मित्रता युवा समाज महेन्द्रनगरले मोहन ड्राइभिङ सेन्टरको सहयोगमा शिवरात्रीको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित शिव मन्दिर मा मेला हेर्न आएका भक्तजनलाई निःशुल्क पिउने पानी वितरण गरेको छ। बिहिबार महाशिवरात्रीको अवशर पारी हाम्रो मित्रता युवा समाज महेन्द्रनगरले शिवालयमा आएका भक्तजनहरुलाई पिउने पानि, चिनी सर्वत सहित वितरण गरेको हो।

भक्तजनलाई पानि वितरण गर्दे मित्रता युवा समाज का अध्यक्ष मुकेश एसकेले भने,–‘भनिन्छ नि सोच बदल्यो भने दुनिया बदल्ने चाहना पनि धेरै टाढा हुँदैन।, कुनै दिन हामी आफै पनि गलत बानी र संस्कारको सिकार भएका थियौं तर हामी आज आफ्ना ती खराब बानी सुधार्ने र अरूलाई पनि सुधार्ने बाटोमा छौ।’ उनले समाजमा सहयोगको भावना कायम रहनुपर्ने बताए। युवा समाज को पहलमा तिलचौर स्थित भुमकेनी धाम मा पनि पानी वितरण गरेको अध्यक्ष एसकेले जानकारी दिए।

महेन्द्रनगर स्थित मोहन ड्राइभिङ सेन्टरले ३० किलो चिनी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ड्रम सहयोग गर्नुभएको उनले बताए।

प्रतिक्रिया दिनुस