कैलालीमा महेन्द्रनगरका मोहन बहादुर चन्द मृत फेला परेका छन्। शनिबार बिहान गेटास्थित धनगढी–अत्तरिया ६ लेनको सडक छेउको नालामा शव तैरिएको अवस्थामा  चन्दको शव फेला परेको हो।

पानिमा तैरीएको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। कैलाली प्रहरीका अनुसार भिमदत्त नगरपालिका ५ घर भएका अन्ताजी ५० वर्षीय चन्दको मृत शरीर फेला परेपछि परीवारलाई जानकारी गराउने कार्य भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी प्रतिक बिष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुस