तिमि त्यसैले महान छौ………………….
क्रान्तिकारी बिचार बनाईदियौ
क्रान्तिकारी लाईन देखायौ
क्रान्तिकारी सपना देख्न सिकायौ
क्रान्तिकारी युवा ल्यायौ
क्रान्तिकारी मजदुर बनायौ
क्रान्तिकारी महिला जन्मायौ
क्रान्तिकारी कम्युनिस्टहरु एक बनाई राख्यौ

तिमी आफ्नो एजेन्डामा अटल रहिरहनु…………
कमरेड विप्लव नव नीति ल्याई राख्नु
कमरेड प्रकाण्ड सार्वजनिक गरिदिनु
कमरेड शुदर्षन नख्खुमा भएनि ब्याख्या गरिरहनु
कमरेड कञ्चन खाडिका युवाहरु निराष नहुन दिनु
कमरेड विषम जनसत्तामा क.कुमार को हत्यारा उभ्याईदिनु

ती ११ जना सहिदहरुका
अधुरा सपना पूरा गर्नुछ
नेपाली जनतामाथिको निरासाको
कालो बादल नहट्दा सम्म
निरन्तर खटि रहनु डटि रहनु
क्रान्तिकारी लाईन चुमिरहनु।

तिमिलाई खोजिरहेछन…………………..
भ्रष्टाचारले सिमा नाघ्दा
कमिसनखोरहरुले सिमा नाघ्दा
कालो बजारि बढि रहदा
लुटतन्त्र बढिरहदा
भारतीय बिस्तारवादले सिमा मिच्दा
अमेरिकी सम्राज्यवादले सिमा मिच्दा
निर्मला बैनि
माया बैनि
सम्झना बैनि
भागरथि जस्ता बैनिहरु बलत्कार हुदा
तिमिलाई खोजिरहेका छन
खै भन्दै
खै हाम्रा सिमाहरु भनी
खै हाम्रा जनमुक्ति सेना भनि
खै ज्याला भन्दै
खै उपचार भनिरहेछन

ति काम नलाग्ने भै सके…………..
तिमिले लगाएको प्रतिबन्ध
त्यो जेलनेल
ती झुटा मुद्दाहरु
तिमिले खटएका सिआईडिहरु
तिमिले पठाएका सुराकिहरु
तिम्रा झुटा सुचनाहरु
तिमिले फैलाएका भ्रमहरु

त्यो झुटको खेति……………..
क्रान्ति पूरा भईसक्यो
सान्ति कायम भईसक्यो
समृद्धि कायम भई सक्यो
घरघरमा ग्यास पाईप पुगिसक्यो
पानी जहाज कुदिसक्यो
भागरथिको हत्यारा पत्ता लागि सक्यो

चलखेल हो त्यो सव……………….
त्यो सव भ्रम हो
त्यो सव झुट छ
खै समृद्धि
मेलम्ची मा पानी पाईप फुटिसक्यो
भ्रष्टाचार काण्डमा आईसक्यो
त्यो कमिसन पछिको हत्यारा हो

(नेकपा विप्लव समुह बैतडीको दोगडाकेदार गाउँपालिकाका इन्चार्ज दिपेन्द्र सिहले लेखेको कविता)

प्रतिक्रिया दिनुस