कञ्चनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको छ।  जिल्लाको सुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ को आयोजनामा सिसैयामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
स्थानीय सरकार ऐन कार्यविधि अनुरूप ४५ प्रतिशत लक्षित वर्गमा विनियोजन गरिनुपर्ने प्रावधान अनुसार वडा कार्यालयले विगत ३ वर्ष देखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउँदै आएको छ। गरिब, असहाय, दलित, जनजाति, आदिवासीलाई मध्यनजर गर्दे एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए। उनले विगतका वर्षमा पनि वडामा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको बताए।
No description available.
निःशुल्क स्वास्थ्य शिविरमा आँखासम्बन्धी मोती बिन्दुको अप्रेसन, पाठेघर सम्बन्धी समस्या लगायतको चेक जाँच तथा उपचार भइरहेको जनाइएको छ। चेक जाँच पस्चात  जटिल प्रवृत्तिका बिरामीको वडाकै सहयोगमा अन्यत्र उपचारका लागी पनि पठाइने वडा कार्यालयले जनाएको छ।
No description available.
निःशुल्क स्वास्थ्य शिविरमा महेन्द्रनगरबाट एमबिबिएस २ जना र धनगढी नेत्र लयबाट एक जना चिकित्सक बोलाइएको वडा अध्यक्ष ऐरले बताए। उनले करिब ४ सय जनाले स्वास्थ्य शिविरबाट लाभ लिने अपेक्षा गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुस