मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा १ घण्टा चक्काजाम गरिएको छ । स्थानियका अनुसार गत कार्तिक ५ गते बलात्कृत भएकी १३ वर्षिया बालिकाको न्यायको माग गर्दै चक्काजाम गरिएको हो । बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिमाथी अहिलेसम्म पनि कारबाही हुन नसकेकाले अपराधीलाई कारबाहीको माग गर्दै चक्काजाम गरिएको स्थानिय किरण शाहले बताए ।

‘जि.प्र.का र अदालत धाउँदा पनि भोली आउनु पर्सी आउनु भन्दै टार्ने गरेका थिए’ शिवनगर टोलविकाश समितिका अध्यक्ष समेत रहेका उनले भने ‘बच्चलालाई फाल भनेर मौखिक रुपले भनिरहने कागजी रुपमा कसैले पनि आदेश नदिने अनी प्रमाण मेटाउन खोज्ने कार्य भएको छ ।’ उनले न्याय पाउनका लागी सडकमा नै आउनुपर्ने बाध्यता रहेको बताए ।

बालीकाले न्याय नपाएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको स्थानिय चन्द्रा विष्टले बताईन । ‘२÷३ महिना पुग्दा पनि बालीकालाई न्याय मिलेको छैन’ उनले भनीन ‘बालीकाको पेटमा हुर्किरहेको बच्चालाई मार्न बलात्कारीका आफन्तहरु लागीपरेका छन, बच्चा खसेपछि उसले न्याय नपाउँला भन्ने उनिहरुको सोच छ ।’ बालीकाले न्याय नपाओस भनेर पैसा र राजनितिको चलखेल भैरहेको उनले बताईन । चक्काजाममा सहभागी स्थानियहरुले दोशिलाई कारबाही गर, पैसाले न्याय किन्न पाईदैन, १३ वर्षिया नाबालीकालाई न्याय दे, स्वार्थले भरिएको न्याय चाहिदैन लगायतका नाराबाजीहरु गरेका थिए ।

प्रतिक्रिया दिनुस