गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको शनिवार १३  औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्षका अध्यक्ष तेज महराको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि सुक्लाफाँटा नगरपालिकाका मेयर दिल बहादुर ऐर रहेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख ऐरले नगर भरिका ७४ ओटै सहकारीलाई आर्थिक क्षेत्रमा सबल बनाउन कार्यक्रम ल्याइने बताए। सहकारीको आर्थिक क्षेत्रमा लगानी गरी नगरमा रोजगारी सृजना गरिने मेयर ऐरले प्रतिबद्धता जनाए। अध्यक्ष महराले सहकारी क्षेत्रमा स्थानीय सरकारको सहयोग मिले थप हौसला मिल्ने जनाए। कार्यक्रमको विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य तथा वडा सदस्य उत्तर देव भट्ट, जनज्वती सामुदायिक वनका अध्यक्ष रुकेश बिष्ट, स्वावलम्बी कृषि सहकारी समूहका अध्यक्ष धनी बोहरा लगायत ३ सय ९८ सेयर सदस्यहरुको सहभागिता रहेको थियो। गणेशपुर ग्रामिण विधुत सहकारी संस्था का लेखा संयोजक नवराज अवस्थीले १५ लाख ४ हजार ७ सय ७२ रकम आयव्यय प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुस