सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क बृद्धिको बिरोधमा विद्यार्थी संगठनले आपत्ती जनाएका छन्। विश्वविद्यालये विभिन्न संकायमा शुल्क बृद्धि गरेको बिरोधमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल छैटौ र अखिल (क्रान्तिकारी)ले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दे शुल्क वृद्धी फिर्ता गरीनुपर्ने माग अघि सारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महाकारीका कारण अर्थतन्त्र कमरोज भएको अवस्थामा विद्यार्थीहरुको ढाड सेक्ने गरी गरीएको शुल्क बृद्धीप्रती आफुहरुको ध्यानाकर्षण भएको उल्लेख छ।’

‘सुदूरका जनताका छोराछोरीले सहज, सहुलियत र गुणस्तरिय शिक्षा पाउनुपर्ने ठाँउमा विभिन्न बाहनामा गरिएको चर्को शुल्क बृद्धिले गरिब जनताका छोरोछारीको उच्च शिक्षा हाँसिल गर्ने सपना माथि तुषारापात गरिएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाका कारणले आर्थिक रुपमा ग्रासित अभिभावकको ढाड सेक्ने कार्य गरिनु निन्दनिय छ ।’विद्यार्थी संघठनले आगिक क्याम्पसमा संचालित विभिन्न संकायका कार्यक्रमका प्रवेस परीक्षामा समेत अनियमितता, अपारर्दीता गरिएको आरोप लगाएको छ। गत २४ फागुनमा लिईएको बिबिए तर्फको परीक्षा नतिजा समेत रोकेर विद्यार्थीमाथि खेलवाड गरेको नेवि संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

अनेरास्ववियुका अध्यक्ष ओम बस्नेत, नेवि संघ पुर्व केन्द्रीय सदस्य प्रकास थापा, अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र राज बिष्ट, अखिल (क्रान्तिकारी)का अध्यक्ष ललित एस.के र अखिल छैटौ का सचिव पुस्कर भट्टद्धारा संयुक्तरुपमा जारी विज्ञप्तिमा विभिन्न समयमा विश्वविद्यालयका पदाधीकारीहरुले विश्वविद्यालयको उन्नति र प्रगतिका सवालमा सरोकारवाला पक्षहरु सँग छलफल, समन्वय एवं सहकार्य नगरी एकलौटी ढंगबाट गतिविधीहरु श्रृङखलावद्ध रुपमा अगाडी बढाई रहेकाले यस्ता किसीमका कार्यहरु अब उपरान्त नदोहे¥याउन हुन समेत चेतावनि दिन चाहान्छौँ।’ उल्लेख छ।

No description available.

प्रतिक्रिया दिनुस