बैतडीको दशरथचन्द नगरपालिकामा चैत ३ गते (मंगलबार)देखि हुने चौथो संस्करणको उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ। सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा वडा नं २, ६ र ११ रहेका छन् भने समूह बी मा वडा नं ४, ५,८ र ९ रहेका छन्। उद्घाटन खेलमा चैत ३ गते वडा नं २ र ६ बीच प्रतिस्प्रर्धा हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। यस्तै चैत ४ गते वडा नं ४ र ५ भिड्दा अर्को खेलमा वडा नं ६ र ११ भिड्नेछन् । चैत ५ गते वडा नं ४ र ८ प्रतिस्प्रर्धा गर्दा अर्को खेलमा वडा नं ५ र ९ आमनेसामने हुनेछन् । चैत ६ गते वडा नं ११ र २ बीच भिडन्त हुँदा अर्को खेलमा वडा नं ८ र ९ बीच प्रतिस्प्रर्धा हुनेछ । चैत ७ गते वडा नं ५ र ८ भिड्दा अर्को खेलमा वडा नं ४ र ९ आमनेसामने हुने भएका छन् ।

प्रतियोगिता अन्र्तगत सेमिफाइनका खेलहरु चैत ८ गते हुने जनाइएको छ। पहिलो सेमिफाइनमा समूह ए को विजेता र समूह बी को उपविजेता आमने सामने हुँदा अर्को सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उप विजेता प्रतिस्प्रर्धा गर्नेछन् । फाइनल खेल चैत ९ गते हुने नगर क्रिकेट समितिले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेल दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुनेछन् । उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार हात पार्नेछ । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। यसअघि नगरपालिकाले गत फागुनमा चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको समेत आयोजना गरेको थियो । उक्त प्रतियोगितामा वडा नं ५ दशरथचन्दलाई स्तब्ध पार्दै वडा नं ४ खलंगाले उपाधि हात पारेको थियो ।

प्रतिक्रिया दिनुस