दार्चुलाका पाँच वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा रहेको छ। विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका पाँच वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको ‘साझा शिक्षा ई–पाटी’ संस्था सरकारले अलपत्र छाडेको ल्यापटप कार्यक्रमलाई निरन्तरता दिएको हो। विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचा बिस्तारै परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चान हुदै आएको छ। सुदूरपश्चिमका पाँच जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
दार्चुला बझाङ्, बैतडी, डोटी, डडेलधुरा र जिल्लामा कार्यक्रम विस्तार भएको विश्व खाद्य कार्यक्रम दार्चुलाका जिल्ला कार्यक्रम संयोजक विजय विश्कर्माले जानकारी दिए। कार्यक्रमको प्रारम्भिक नामजस्तै आफ्नो संस्थाले सुरुमा छानिएका विद्यालयमा कक्षा २ देखि ५ सम्म पढ्ने हरेक विद्यार्थीका लागि एक एक ल्यापटप उपलब्ध गराएको उनले बताए। दार्चुलाको मार्मा गाउँपालिकामा सबै भन्दा बढि ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २÷२ वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको छ भने नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ। यो कार्यक्रम मार्फत पाच वटा विद्यालयका झण्डै ७सय ५० जना विद्यार्थीहरु लाभावित भएको विश्व खाद्यकार्यक्रम दार्चुलाका कार्यक्रम संयोजक विश्कर्माले जानकारी दिए।
नयाँ संविधान जारी भएपछि अझ सशक्त भएका स्थानीय सरकारले पनि विद्यालयहरूलाई कम्प्युटर किन्न र पुस्तकालय स्थापना गर्न सहयोग गर्दै आएका छन् । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सरकार एकदमै उदार देखिएको छ। फरकफरक बजेट आकारका अनेक कार्यक्रम घोषणा भएका छन्। यति हुँदाहुँदै पनि केही विद्यालयले भने सरकारी खर्चमा किनिएका कम्प्युटरलाई आफ्ना शिक्षकहरूलाई टाइपिङ् सिकाउन प्रयोग गर्ने गरेको विश्व खाद्य कार्यक्रम दार्चुलाले जनाएको छ।