बैतडीको डिलाशैनी गाउँपालिका –२ कोटपटेरा स्थित झलेमा सञ्चार सुविधा अवरुद्ध हुदा स्थानियले सास्ती खेप्नु परेको छ। डिलाशैनी गाउपालिकाकै दुर्गम रुपमा पर्ने झलेका स्थानीयले टेलिकममा नेटवर्क नै नआउदा सञ्चार सेवा बाट बञ्चीत हुनुपरेको गुनासो गरेका हुन।
लामो समय देखी सञ्चार सुबिधा बाट बन्चित स्थानियले गाउगाउमा बिभिन्न पाटीका नेताले आस्वासन दिएपनि गतिलो काम हुन नसकेको गुनसो गरे। वडापालिकालाई र गाउपालिका लाई नेपाल टेलीकमको टावर बनाउनको लागि निबेदन गरेको तर स्थानियतहले वेवास्था गरीदिएको स्थानियको आरोप छ। स्थानिय जय बहादुर बोहोराले डिलाशैनी गाउपालिकाको अरु ठाउमा ४ जिको सवा भएको र झलेमा भने नेटवर्क नै नभएको गुनसो गरे।
यता गाउँपालिकाका अध्यक्ष उकेन्द्र बहादुर बोहराले भने विकट ठाउँ भएकाले केही चुनौती रहेको बताए। उनले उक्त क्षेत्रमा सञ्चार सेवा पु¥याउन गाउँपालिकाबाट चालुआर्थीक वर्षमा २५ लाख बजेट समेत छुट्याएको जानकारी दिए। जसमध्ये ८ लाखको काम भएको उनले बताए । उनले प्रत्येक वडामा इन्टरनेट सुविधा पु¥याउने गरी तयारी अगाडी बढाइएको जानकारी दिए। उक्त क्षेत्रमा छिट्टै सञ्चार सेवा पु¥याइ स्थानियलाई सहजता प्रदान गरीने अध्यक्ष बोहराले दावी गरे।