कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा मान सिंह धमीलाई पहरीले पक्राउ गरेको छ। जिल्लाको महाकाली नगरपालिका –७ विजयटोलका ४५ वर्षिय मान बहादुर दमाईले आइतबार साझँ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाईे कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली अस्पतालमा भर्ना गरिए पनि उपचार क्रममा उनको त्यही दिन राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको उनले जानकारी दिए। मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस