डडेल्धुरा – जातीय तथा अन्य छुवाछुत कसुर र सजाय कार्यान्वयनका चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आज ग्रामीण सुधार समितिको आयोजनामा सम्पन्न भएको छ। उक्त संस्थाका अध्यक्ष भरत नेपालीको अध्यक्षयतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका मेयर विपिन ओझा रहनु भएको थियो।

कार्यक्रमको सञ्चालन को भूमिका संस्थाका सचिव टेकराज पाण्डेयले गरेका थिए भने कार्यक्रममा अधिकारका क्षेत्रमा कार्यरत समाजका प्रतिष्ठित व्यक्तिहरू समेत उपस्थित रहेको थियो। कार्यक्रममा अधिवक्ता हरि प्रसाद भट्ट, विष्णु भट्ट, आरती जोशीका साथै नेकपा एमाले नेता इन्द्र महरा नेपाली काङ्ग्रेसका उपसभापति करुणा कर भट्ट लगायत पत्रकारहरू नागरिक समाजका अध्यक्ष रमेश जोशी सहितको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर ओझाले सामाजिक कलङ्कका रूपमा रहेको जातीय विभेद अन्तका लागि सामूहिक प्रयत्न आवश्यक रहेको र गरिबी अभाव र बेरोजगारी बढी भएको ठाउँमा समेत विभेद बडी हुने गरेका थिए।

विगतको तुलनामा केही सुधार भए पनि बिस्तारै हुँदा जनताले अनुभूति गर्न नपाएको धारणा राख्नु भएको थियो, यसको न्यूनीकरणका लागि राजनीतिक दल र सामाजिक अभियन्ताको भूमिका पनि महत्त्वपूर्ण रहने भएकाले राजनीतिकर्मीले एक अर्कालाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि जन चेतनामूलक अभियान चलाउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुस