नेकपा क्रान्तिकारी बैद्य माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले बालबालिकाको भविष्य सुनिश्चित हुने क्षेत्र नै दूषित बन्दै गएको बताएका छन्। अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशले बुधवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी केन्द्रीय अध्यक्ष गजुरेलले शिक्षकबाटै छात्रा बलात्कारको सिकार बनेको बताएका हुन।

किशोरी अवस्थामा प्रवेश गरिरहेका छात्राहरूमाथि शिक्षकले गिद्धे नजर राख्दै शारीरिक स्पर्श बाट कुमारीत्व नष्ट गर्ने सम्मका अपराध गरिने गरेका भन्दै शिक्षकमा अनुशासन कायम हुनुपर्ने उनले बताए। शिक्षक नै बलात्कारमा उद्यत भएपछि विद्यालयका छात्रा बलात्कारको सिकार भइरहेको तर्फ ईङगित गर्दै त्यस्ता बलात्कारी शिक्षकलाई ठिक गर्ने चेतावनी दिर्दै छात्रा सुरक्षाका लागि क्रान्तिकारीले पहल गर्ने बताए ।

अध्यक्ष गजुरेलले छात्रा निर्मला पन्तका बलात्कारी हत्यारा सरकारले सार्वजनिक गर्न नसकेको भन्दै गृहमन्त्री र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुस