न्यायका लागी मानवअधिकार राष्ट्रिय सञ्जालको सुदूरपश्चिम प्रदेश स्तरीय भेला सम्पन्न भएको छ। भेलाले सुदूरपश्चिम संयोजकमा नरबहादुर साउदलाई सर्वसम्मत चयन गरेको हो। न्यायका लागी मानव अधिकार राष्ट्रिय सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालले सात ओटै प्रदेशमा समिति गठन गरिने जनाए।

उनले सुदूरपश्चिममा विगत देखी नै मानव हिंसात्मक क्रियाकलाप बढ्दै गएको भन्दै पहिलो पटक सुदूरपश्चिम प्रदेशमा तदर्थ समिति गठन गरिएको बताए। उनले नौ ओटै जिल्लाबाट प्रतिनिधि चयन गरिने समेत जनाए। न्यायका लागी मानव अधिकार आयोगले सात ओटै प्रदेशमा समिति गठन गरी महिला हिंसाजन्य घटना न्यूनीकरण, मानवअधिकारको सुनिश्चितका लागी पहल गर्ने संयोजक अर्यालले बताए।

प्रतिक्रिया दिनुस