बैतडीमा सामाजिक विकृतीविरुद्ध बालबालिका सक्रिय देखीएका छन्। सिमारमा रहेको अनुशासित बालक्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका हुन्।
सचेतना अभियान अन्र्तगत बालबालिकाहरुले विद्यालयमा विभिन्न नाटक, प्रतियोगिता गर्ने गरेका छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन्। विद्यार्थीले गरेको काममा शिक्षकहरुले पनि उत्तिकै सघाउँदै आएका छन्।
दुर्गा माध्यामी विद्यालय सिमरका शिक्षक दिपक रानाले विद्यार्थीहरुले भने बमोजिमका कार्यक्रमलाई आवस्यक सामाग्री जुटाइदिने गरेको बताए। उनले छाउपढी प्रथा,न्युनिकरणका लागी बालबालिकाहरुले विभिन्न कृयाकलापहरु गर्दे आएका बताए।
प्रतिक्रिया दिनुस