कञ्चनपुरको अध्यक्षमा पुर्व माओवादी नेता बीर बहादुर थापा(पातल)लाई जिम्मेबारी दिएको छ। एमाले केन्दीय तथा प्रादेशिक कमिटिले जिल्ला अध्यक्षमा थापालाई जिम्मेबारी दिएको एक पत्र सार्वजनिक भएको छ। १६ चैत्र ०७७ मा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको परिपत्र अनुरुप कञ्चनपुर अध्यक्षमा थापा र सचिवमा सुरेन्द्र विष्टलाई जिम्मेबारी दिएको छ।
माओवादी र एमाले एकिकरण भएर नेकपा बनेका बेला नेकपा कञ्चनपुरको अध्यक्षमा माओवादी कोटबाट थापा र सचिवमा तामाङ्ग थिए । नेकपा फुट हुँदा थापा ओली समुह र तामाङ्ग नेपाल समुहमा थिए। २३ फागुन सर्वोच्च आदालतको निर्णयसंगै दुवैपार्टी पूर्ववत अवस्थामा ब्यूँतिए माओवादी नेता फर्किएनन। उनीलाई नेकपा ओली समुहले अध्यक्ष बनायो। पुर्ववत अवस्था एमाले कञ्चनपुरको अध्यक्षमा तामाङ्ग नै थिए। पार्टी ब्यूर्तिएसंगै उनी अध्यक्षकै जिम्मेबारी हुनुपर्ने भएपनि ओली समुहले उनलाई कार्बाही गरेर अध्यक्षमा थापालाई जिम्मेबारी दिएको छ।