राष्ट्रपति विद्यादेवि भण्डारीले मेलम्चीको पानी उद्घाटन गरेकी छिन्। गत आइतबारदेखि नै उपत्यकाका धारामा पानी वितरण गरिए पनि राष्ट्रपति भण्डारीले औपचारिक रुपमा शुक्रबार उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा धारा निर्माण गरेर सरकारले नियमित रुपमा मेलम्चीको आउने व्यवस्था मिलाएको हो।

परम्परागत ढुंगे धारामा आधुनिक टुटी राखेर सर्वसाधरणले पानी पिउन पाउने व्यवस्था मिलाइएको हो। झण्डै तीन दशकअघि कृष्णप्रसाद भट्टराईले अघि सारेको योजना लामो उतार चढावपछि सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुस