नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १११ जना संक्रमण मुक्त भएका छन् । योसँगै देशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ६१ जना छन् भने आइसोलेसनमा एक ६४७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस