सुदूरपश्चिमा शुक्रबार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पताल धनगढीमा गरीएको परीक्षणमा १ जना, महाकाली अस्पतालको प्रयोगशालामा ५ जना र नाकामा गरीएको ऐन्जिन परिक्षणमा ३ जनामा गरि ९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोना पुष्टि हुनेमा कञ्चनपुरको वेदकोट, शुक्लाफाँटा,भीमदत्त र लालझाडीका एक एक जना, पुर्नवास नगरपालिकाका २ जना, बैतडी, अछाम, र डोटीका १÷१ जना रहेका छन्। यो संगै कञ्चनपुरमा मात्रै कोरोना संक्रमितको संख्या १७ सय २७ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ६० जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस