बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक ट्वीटमार्फत् उनले यसबारे जानकारी दिएका हुन् ।

उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।

’अक्षय कुमारले लेखे, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

प्रतिक्रिया दिनुस