कैलालीमा कर्तव्य ज्यान मुद्दामा १२ बर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दामा १२ बर्षदेखि फरार गोदावरी नगरपालिका ६ खैराना बस्ने ३८ वर्षीय रामप्रसाद चौधरीलाई हिजो गोदावरी नगरपालिका ७ मगरटोलबाट पक्राउ गरेको हो ।

चौधरी २०६५ जेठ २४ गतेदेखि फरार थिए । चौधरीले आफ्नो बारीमा रहेको फलफूल ९आरु० खान गएका सोही स्थानका ६ वर्षीय लक्ष्मण चौधरीसहित ५÷६ जना केटाकेटीहरुलाई लखेटी कुटपिट गर्दा लक्ष्मण चौधरीको छाती लगायतको भागमा चोट लागेको थियो ।

र सोही स्थानमा बेहोस भइ मृत्यु भएको थियो । घटनामा संलग्न चौधरी सोही स्थानबाट भागेर फरार रहेकोमा निजको खोज तलास जारी रहेको थियो ।

चैधरी माथी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुस