बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ र ४ मा सोलार लिफ्ट बाट खानेपानि पु¥याइएको छ। वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राविधिक बिकास सेवा समूह बझाङको सहयोगमा खानेपानीको अभाव खेपिरहेका १ सय ९६ घरधुरीलाई सोलार लिफ्टबाट खानेपानी पु¥याइएको हो।
योजनाका प्राविधिक सिकेन्द्र बहादुर दौल्यालले एक घर एक धाराको अवधारणा अनुसार दुर्गाथली गाउँपालिकाको वडानम्बर ३ र ४ को बस्ती मा १ सय ९६ धारा निर्माण गरिएको बताए। १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्त योजना सम्पन्न भएको उनले बताए। अहिले गाउँको काँडागाउँ, देउलेख, थलचौरमा पानी चडेको र सेला गाउँमा केही दिनमा वितरण गरिनेसमेत दौल्यालले बताए। स्थानीयबासी दीपेन्द्रबहादुर माडले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदेखि खानेपानी समस्या भोगेको बताए।
‘पानी लिन दुई घण्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता थियो। उनले भने, ‘खोलामा पालो नपाउँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या पनि भोगियो। पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको र पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो। गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभूति भएको माडले बताए।