कैलालीको गोदावरी पुलमा भाचिएको नेपालको झण्डाको ठाउँमा फेरी २१ वटा नेपालको झन्डा राखिएको छ। गत दुई महिना पहिले काठको पुलको बिचमा थ्रिडिभिएल संस्थाले राखेको झन्डा अज्ञात समुहले भाँचिदिएपछि शनिवार फेरि सोही संस्थाले २१ वटा झन्डा पुलमा राखेको जनाएको हो।
थ्रिडिभिएल क्रेसनका अध्यक्ष दिपक ओझाका अनुसार पहिले राखिएको झण्डा भाचिदिएपछि पर्यटकिय सौन्दर्यताका लागी हिजो २१ वटा झण्डा गाडीएका हो। पछिल्लो समय सो झन्डाले पर्यटकहरुलाई समेत आर्कषक बनाएको थियो फेरि पनि झण्डाको अपमान नगरिदिन उनले सबैलाई आग्रह गरेका छन्। यसले यस क्षेत्रमा फेरि पनि पर्यटकहरुको आवागमन बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुस