कञ्चनपुर प्रहरीले सुरक्षित चेली अभियान अन्तर्गत महेन्द्रनगरमा लागु औषध दुर्व्यसन तथा साइवर क्राइम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरेको छ।
May be an image of one or more people, people standing and outdoors
सोमबार भीमदत्त नगरपालिका –१८ स्थित निङ्लासैनी माध्यामीक विद्यालयमा लागु औषध दुर्व्यसन तथा साइबर क्राईम सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरिएको हो। निङलासैनी माध्यामीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन भट्टको अध्यक्षता गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री रहेका थिए।
May be an image of 4 people and people standing
विद्यार्थीहरूलाई लागु औषध दुर्व्यसनी तथा साइबर क्राईम सम्बन्धी जनचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए। समाजमा लागु औषधलाई शून्यमा झार्ने लक्ष्यअनुरूप जिल्ला भरिका विद्यालयमा उक्त अभियान चालु रहेको उनले बताए।
प्रतिक्रिया दिनुस