एकै परिवारका तीन दिदीबहिनी सगरमाथाको आरोहण गर्ने भएका छन्। ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ को रेकर्ड बनाउने उद्देश्यले आरोहणको तयारीमा जुटेका तीन दिदीबहिनीलाई बिहीबार नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिदाइ गरेका हुन्।

गौरीशंकर गाउँपालिका– ९ की एकै परिवारका निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले यस वर्ष सगरमाथाको आरोहण गर्न आधार शिविरतर्फ बाटो लागेका छन्। सर्वोच्च शिखरको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझैँ उच्च बनाउने भन्दै मन्त्री गुरुङले शुभकामना दिए। यस वर्ष ६० जना महिलासहित २९० जनाले सगरमाथाको आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन्।

प्रतिक्रिया दिनुस