आफ्नालाई टेण्डर नपरेपछि सिण्डिगेटमा दोस्रो टेण्डर आब्हान
कञ्चनपुर
बिरामीको उपचारको थलो वा दोस्रो जिवनका रुपमा अस्पताललाई लिईन्छ । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अस्पताल उपचार थलो र बिरामीको दोस्रो जिवन नभई नरर्किय जिवनको थलोका रुपमा विकसित भईरहेको छ । अस्पताल प्रशासनकै कारण व्यवस्थापन समितिका निर्णय एव योजना अटेर गर्दै अस्पताल प्रशासन कमिसन र मुडेबलमा चल्न थालेपछि अस्पताल धारासायी बन्दै गएको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीलाई पर्ची समेत नदिएर सीमितलाई उपचार गराउनेदेखि कयैन अदृश्य धन्दा चलाएर अस्पताल दोहन भईरहेको छ । बषौँदेखि थलिएको महाकाली अस्पताल सुधारका लागि यहाँका स्थानीय बुद्धिजिवी समाजसेवि सहित अहिलेको उर्जावान व्यवथापन समितिले अथाह मेहनत गरेपनि अस्पताल प्रशासन स्रोत दोहनमा लागेको पछिल्ला थुप्रै घटनाक्रमले देखाएको छ ।
गत बर्ष बैशाख पहिलो साता भेन्टिलेटर खरिद, आईसोलेशन भवन निर्माणमा दोयम ईटा प्रयोग, चमेना गृह आफ्नालाई दिने, निम्नदेखि उच्च तहका कर्मचारी भर्ना औषधी खरिददेखि हुँदा हुँदा सटरमा समेत सेटिङ्ग गरेर महाकाली अस्पताल दोहनमा निमित्त मेसु हरि कुमार श्रेष्ठ उद्यत भएका छन । उनले व्यवस्थापन समितिका निर्णय निर्देशनको अटेरी गर्दै विभिन्न टेण्डर, औषधी खरिददेखि अन्य संरचना निर्माणमा समितिलाई उपेक्षा गर्दै आफुखुसी काम गर्ने पाईन्छ । भीमदत्त नगरपालिकाले खरिद गरेर दिएको पिसिआर मेसिन संचालनमा समेत मेसुले उदाशिनता देखाएका छन । कोरोना कहर चलिरहेका बेला मेसु श्रेष्ठले बिरामीको उपचारको ध्यान भन्दा जहाँबाट बढि व्यक्तिगत लाभ र कमिसन आउने हो, उतैतिरका योजना अघि सारेको अस्पताल स्रोतको भनाई छ । अस्पताल स्रोतका अनुसार गत बर्ष भन्दा यस बर्ष कोरोना कहर बढेको छ । आईसोलेशन भवनमा क्षमता भदा बढि बिरामी दैनिक थपिएका छन । ५० क्षमता भएको आईसोलेशनमा ८ महिला एव ३८पुरुष रहेका बाँकीलाई अवधि अपुग्दै घर पठाईएको छ ।
कोरोनाले मानिसको ज्यान लिईरहेको बेला बिरामीको उच्च मनोबलका साथ उपचारको साटो महाकाली अस्पतालले यस्तै सटरदेखि अन्य धन्दामा समय खर्चिरहेको छ । आईसोलेशन भवन विस्तार, जनशक्तिको व्यवस्थापनको साटो अनावश्यक कमिसन आउने ठाँउमा ध्यान दिएकाले कोरोनाका बिरामीको स्वर्गबास हुने काममा उद्यत भएका छन । उनीहरुको उपचार एव थप संक्रमित आए कसरी उपचार गर्ने ? भन्ने चिन्ता चासो छाडेर मेसु श्रेष्ठले अस्पतालमा सटर भाडामा लगाउने जस्ता काममा ध्यान दिएका छन । अस्पतालको उक्त काम पनि नियमित भएपनि अस्पताल परिसरमा निर्माण भएका सटर आफ्न्त मोटो कमिसन नदिएको भन्दै एक व्यवसायीलाई परेका तीन सटर रद्द गरिदिएका छन । एक स्वास्थ्य व्यवसायीको नाममा परेका तीनै सटरमा ल्याब खोल्ने तयारी गरेका बेला मेसुले कमिसन नदिएको झोकमा उनको टेण्डर नै रद्द गरिदिएर नयाँ खोलेका छन । ‘मेसुले रोजेको चाहेको मान्छेको टेण्डर परेन, ‘अस्पताल स्रोतले भने, ‘अनेकन नियम बहानाबाजी गराएर जसको परेको थियो, यसलाई दिन चाहेन, वा उनीबाट अपेक्षित कमिसन पाएन् ।’
न्यूनतम १० हजार तोकेर सटर भाडामा सम्बन्धी जारी गरिएको शिलबन्दी बोलपत्र आब्हानको सूचनामा मेसुको चाहना अनुरुप शिलबन्दी बढाबढ बोलक बोलपत्रदाताहरुले सटरमा औषधी तथा औषधीजन्य बाहेक मालसमान बाहेकको मात्रै व्यवसाय गर्न पाईने उल्लेख बुदाले अस्पताल परिसरमा औषधी बाहेक मदिरा, डान्सबार, जस्ता अन्य जुनसुकै व्यवसाय संचालन गर्न सकिने अर्थ राखेकोछ । तर महाकाली अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठले सूचनामा जे भएपनि मदिरा, सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न नपाईने सम्झौता गरिने बताए । उनले यस अघि टेण्डर परेका व्यक्तिले ल्याब राख्छु भनेपछि नियममा नभएको विषय भएकाले रद्द गरेर नयाँ टेण्डर खोलेको बताए । एक सटरको भाडा न्यूनतम तोकेरै १० हजार राखेपछि व्यवसायीले अस्पताल व्यवसायमा लागेको हो की, बिरामीको सेवामा भनेर प्रशन गरिरहेका छन ।
महाकाली अस्पताल व्यवस्थापन समिति र प्रशासनविच पनि पहिलेदेखि हरेक विषयमा खटपट चलिरहेकै छ । व्यवस्थापन समिति जहिले पनि सुधारका पक्षमा देखिने प्रशासन प्रमुख निमित्त मेसु हरि कुमार श्रेष्ठ जहिले पनि कमिसनमा देखिन थालेपछि दुवै पक्षविच विवाद बढ्दै गएको महाकाली अस्पतालका कर्मचारीले स्रोतले बताएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताल सुधारका लागि दुवै पक्ष लागेको बताउदै उनले यदी मेसुले गैर कानुनी काम गर्न थालेपछि त्यसलाई रोक्ने बताए । अस्पतालको कसैले पनि दुरुपयोग गर्न नपाउने बताउदै उनले बाहिर चलाएजस्तो मेसुु कमिसनमा लिप्त भएपछि रोक्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कोरोना कहर चलिरहेका बेला सबै मिलेर अस्पताल सुधार गर्नुपर्ने बताउदै अध्यक्ष जोशीले अस्पतालका बिरुद्धमा अनावश्यक अफवाह फैलाउन नहुने बताए । दोस्रो चरणको कोरोना महामारी फैलिन थालेपछि महाकाली अस्पतामा भईरहेको ताण्डवले नागरिक समाज समेत हैरान भएको छ । नागरिक समाजका अगुवाहरुले गत बर्ष कोरोना महामारीकै विच भेन्टिलेशन खरिददेखि बदमासी भएको भन्दै यस बर्षपनि गैर कानुनी कमिसन धन्दा चलिरहे त्यस बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन । गत बर्ष कोरोनाका हजारौँ संक्रमितको राम्रो उपचार गरेर अस्पतालको सकारात्मक चर्चा भएको थियो । यस बर्ष चैत्र अन्तिम साता समान्य संक्रमितको उपचार अभावमा मृत्यु प्रकरणले अस्पतालमा कति लभालिङ्ग भएको चित्रण गरेकोछ ।