महेन्द्रनगरको भृकुटी माध्यामीक विद्यालयका एक जना शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो।
विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको जानकारी दिए। विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको छ।
विद्यालयका अन्य शिक्षक र सम्र्पकमा आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गराउन प्रधानाध्यापक भट्टले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुस