कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कम उमेर समूहमा पनि बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार अपराह्नसम्म पाँच वर्षमुनिका ३ हजार ५६५ जनालाई कोरोना संक्रमण भइसकेको छ।

संक्रमित बालबालिकामध्ये १० जनाले ज्यान गुमाइसकेका छन्। पाँच वर्षमुनिका सक्रिय संक्रमितको संख्या ५१ जना रहेको मन्त्रालयले जनाएको छ। “पाँच वर्षभन्दा कम उमेरकालाई कोरोना लाग्दैन भन्ने कुरालाई यही तथ्यले खण्डन गर्छ,” मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भन्छन्, “पाँच वर्षमुनिकालाई कोभिड लाग्दैन भन्नु निराधार हो।”

प्रतिक्रिया दिनुस