फाइल।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका एक युवकको कुवेतमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत गएका कृष्णपुर नगरपालिका–९ राजघाटका ४६ वर्षीय घनश्याम महरा मृत फेला परेका हुन् ।

बुधबार फोन गरेर आफु आज बिहिवार नेपाल आउने बताएका उनी बुधवार नै आफु बस्ने कोठाको बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको भन्दै उनका साथीले बताएको मृतकका भतिजा करण महराले बताए।

साथै मृतकले मृत्युपूर्व फोनमा आफुलाई त्यहाँ डर लागिरहेको बताएका कारण घटना शंकास्पद भएको आफन्तहरु बताइरहेका छन् । मृतकको शव नेपाल ल्याउन श्रम तथा रोजगार मन्त्रालयमा आग्रह गरिएको मृतक घनश्यामका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुस