९ वैशाख महेन्द्रनगर–कञ्चनपुरमा महिला हिंसा दिनानुदिन बढ्दै गएको छ। चालु आर्थिक वर्षको हालसम्म जिल्लामा दुई सय ५९ महिला घरेलु हिंसाको सिकार भएको पाइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् डिएसपी अमर बहादुर थापा क्षेत्रीले चालु आर्थिक वर्षको हाल सम्म जिल्लामा दुई सय ५९ घरेलु हिंसा सम्बन्धीका उजुरी आएको बताए।

त्यस्तै लैङ्गिक हिंसा सम्बन्धीका एक सय १५ उजुरी दर्ता भएको उनले बताए। अधिकासं अवस्थामा श्रीमान् श्रीमती बिचको झगडा, अंशबन्डा, बहुविवाह लगायतका घटनामा महिलाहरू पीडित हुने गरेको तथ्याङ्कले देखाएको छ। घरेलुहिसांले प्रताडित महिलाहरू न्यायिक समिति तथा प्रहरी कहाँ समेत जान नसक्ने अवस्था देखिएको छ।

बिहीबार महेन्द्रनगरमा आयोजित महिला हिंसा तथा सिमान्तीकृत वर्गको न्यायमा पहुँचका निमित्त न्यायिक निकायहरूको भूमिका विषयक संवाद कार्यक्रममा महिला हिंसाको दर बढ्दै गएको सहभागीहरूले औँल्याए।

कानुनमा न्यायको लागी पहुँच भनिए पनि विभिन्न हिंसा तथा अपराधबाट भन्दा बढी महिला नै पीडित हुने गरेका कार्यक्रममा सहभागी भीमदत्तनगरपालिकाका उपमेयर सुशीला चन्द सिंहले बताइन्। नगरपालिकाको न्यायिक समितिले पूर्ण अधिकार नपाउँदा हिंसामा परेका महिलाले सहजै न्याय पाउने अवस्था नरहेको उनले बताइन्। ‘न्यायिक समितिमा कमजोर आर्थिक अवस्था र असाध्यै पिडामा रहेका महिलाहरू आउने गरेका छन्, उनले भनिन् –आर्थिक अवस्था मजबुत भएका पहिले नै अदालतको सम्पर्कमा गइसक्दा वास्तविक पीडितले न्याय पाउन सक्ने अवस्था देखिएको छैन्।’

कार्यक्रममा भीमदत्तनगरपालिका –१ की उसा कार्कीले महिलाहरूले सहजै न्याय पाउन सकिने अवस्था नरहेको दुखेसो गरिन्। विशेष गरी परिवारमा अंशबन्डाको विषयलाई लिएर पनि महिलाहरूमाथि अनाहकमा दुख दिइदा समेत न्यायका लागी भौतारिरहनु पर्ने अवस्था रहेको उनले बताइन्। यस्ता कार्यक्रमले पितडीलाई केही हौसला प्रदान गर्ने सहभागीहरूले बताए। ल्याक संस्थाले अहिले पनि जिल्लामा न्यायमा पहुँच नभएका बालबालिका तथा महिलाको हक अधिकारको लागी पहुँच बनाउने वातावरणको सिर्जना गरेको पीडित महिलाहरूले बताए।

No description available.
विभिन्न प्रयासका बाबजुद पनि महिलाको हक अधिकार तथा महिला विरुद्ध हुने हिंसा नियन्त्रणका लागी भएका कानुनी व्यवस्था हरुका बारेमा जनमानसमा कम जानकारी भएकाले गर्दा न्यायमा पहुँच पुग्न नसकेको संस्थाकी अध्यक्ष अनिता न्यौपाने थपलियाले बताइन्। अध्यक्ष न्यौपानेले महिला हिंसाको स्वरुपनै परिवर्तन भएको पाइएको बताइन्। उनले भनिन्–‘पहिले महिलामाथि शारीरिक रूपमा हिंसा हुने गरेको थियो, अहिले मानसिक तनावले गर्दा कतिपय महिलाले आत्महत्या समेत गर्ने विकराल समस्या देखिएको छ।’

न्यायका लागी महिला आफैले सचेत हुनुपर्नेमा जोड दिँदै आफैले चेतनाको विकास तथा आँट गरेर पिडा सहेर नबस्न उनले आग्रह गरिन्।
कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) ले आयोजना गरेको संवाद कार्यक्रममा स्थापना काल देखी नै संस्थाले महिलाको न्यायमा सहज पहुँच अभिवृद्धिका लागी निःशुल्क कानुनी सहायता लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आएको अध्यक्ष थपलियाले बताइन्।

प्रतिक्रिया दिनुस