९ वैशाख, महेन्द्रनगर–दुई महिनाको अवधीमा कञ्चनपुर–कैलालीका वनमा डढेलोले अत्याधिक क्षति पु¥याएको छ। नियन्त्रणका लागी गरिएका प्रयास उपलब्धिजनक नरहँदा कञ्चनपुर–कैलालीका वनमा डढेलोले अत्याधीक क्षति पु¥याएको हो।
जिल्ला स्थित एक सय ३९ ओटै सामुदायिक वन डढेलोको प्रकोपमा परेका छन्। वनमा दैनिक आगलागी भइरहँदा समेत सम्बन्धित निकायले आगो नियन्त्रणमा लिन नसक्दा वन क्षेत्र जलेर नष्ट भएको स्थानीयहरू बताउँछन्। डढेलो नियन्त्रणका लागी वन कार्यालयले उचित चासो दिएको नपाइएको दैजिका स्थानीय नरेन्द्र भाटले बताए। उनले भने,–‘चुरे क्षेत्रमा डढेलोले अत्याधीक क्षति पु¥याउदा समेत वनका कर्मचारी नियन्त्रणका लागी पुगेका देखिएन, जंगलमा लागेको डढेलोले वरिपरिको वातावरण नै प्रदूषित बनाइरहेको छ।’
यस वर्ष मात्रै नभई विगतका वर्षमा समेत वनमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको उनले बताए। उनले भने,–‘बर्सेनि चुरे क्षेत्रका वनमा आगलागी हुने गरेको छ, खै अहिले सम्म आगो निभाउन कोही आएको देखेनौँ।’
कञ्चनपुरका ५ हजार हेक्टर बढी क्षेत्रफल बनमा डढेलोले क्षति पु¥याएको जिल्ला वन कार्यालयले जनाएको छ। जिल्ला वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरका वनमा डढेलोले अत्याधीक क्षति पु¥याएको बताए। लालझाडी वन क्षेत्र, चुरे क्षेत्रमा डढेलो बढी लागेको उनले बताए।
स्रोत साधनले भ्याए सम्म मात्रै नियन्त्रणका प्रयास गरिए पनि आगो नियन्त्रणमा ल्याउन नसकिरहेको उनले बताए। लालझाडी वनमा यसअघि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सुक्लाफाँटा नगरपालिकाको दमकल कर्मचारीको सक्रियतामा डढेलो निभाए पनि पूर्ण रूपमा भने नियन्त्रणमा लिन नसकिएको उनले बताए।
त्यस्तै कैलालीमा समेत यस वर्ष वन डढेलोले अध्याधिक क्षति पु¥याएको छ। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले गत वर्ष वनमा आगलागी नभएको बताए। तर यस वर्ष ७–८ महिना वर्षा नै नहुँदा वनमा डढेलो लागेको उनले बताए। कैलालीमा फागुन यता १० हजार हेक्टर बढी बन क्षेत्रफलमा डढेलो लागिसकेको छ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख कँडेलले आगो नियन्त्रणका प्रयास गरिए पनि सफल नभएको बताए। वन सँग दमकलको व्यवस्था नहुँदा नियन्त्रणमा आगो नियन्त्रणमा लिन केही चुनौती सामना खेप्नुपरिरहेको उनी बताउँछन्। तुरुन्त जानकारी आएका क्षेत्रमा भने स्थानियतह सँगको समन्वयमा दमकलको सहायताले डढेलो नियन्त्रणमा लिइरहेको उनले बताए।