सुदूरपश्चिममा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुस्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेदकोट नगरपालिकाका १ जना, कृष्णपुरका ३ जना रहेका छन्।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, टिकापुरका ३ जना, गोदावरीका ५ जना, गौरीगंगा नगरपालिकाका ३ जना, कैलालीको लम्कीचुहा नगरपालिकाका १ जना, जोशीपुरका २ जनामा पनि कोरोना संक्रमण संक्रमण पुस्टि भएको हो। यस्तै कैलालीको भजनीका २ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेकोे छ।

प्रतिक्रिया दिनुस