नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ’, उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले भनिन्। दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

प्रतिक्रिया दिनुस